
गान्तोक, 10 नोभेम्बर (हि.स.)। सिक्किमकी पूजा शर्मालाई नयॉं दिल्लीमा प्रतिष्ठित ‘प्राइड अफ नेशन अवार्ड 2025’ प्रदान गरिएको छ, जुन कार्यक्रम राष्ट्रिय महिला सशक्तिकरण सङ्घद्वारा आयोजित गरिएको थियो। यो सम्मान सांसद डा. लता वानखेडेको हातबाट प्रदान गरियो, जो सो समारोहकी मुख्य अतिथि थिइन्।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसमा कपिल मीना, निर्देशक, सहकारी मन्त्रालय, र ऋचा सक्सेना, उप आयुक्त, केन्द्रिय आर्थिक गुप्तचर ब्यूरो आदि सहभागी रहेका थिए।
सङ्घका अध्यक्ष राजकुमार ढक्कडको नेतृत्वमा संस्थाले १७ वटा राज्यका ८० जना उत्कृष्ट महिलाहरूलाई समाज र राष्ट्र निर्माणमा गरेको उल्लेखनीय योगदानको सम्मानस्वरूप सम्मानित गरेको बताइएको छ।
‘प्राइड अफ नेशन अवार्ड’ महिलाहरूको असाधारण उपलब्धि, नेतृत्व र समर्पणलाई सम्मान गर्ने राष्ट्रिय गौरवको प्रतीक हो, जसले महिलाहरूलाई निरन्तर प्रेरणा र सशक्तिकरणको मार्गमा अघि बढ्न प्रोत्साहित गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल