मणिपुरमा आरपीएफ/पीएलएका तीन उग्रवादी एवं दुई ड्रग तस्कर पक्राउ
मणिपुरमा आरपीएफ/पीएलएका तीन उग्रवादी एवं दुई ड्रग तस्कर पक्राउ


इम्फाल, 10 नोभेम्बर (हि.स.)। मणिपुर पुलिसले बितेको 24 घण्टाभित्रमा इम्फाल पश्चिम र इम्फाल पूर्व जिल्लामा दुई भिन्न अभियान अन्तर्गत प्रतिबन्धित संगठन रेभोल्यूशनरी पीपुल्स फ्रण्ट/पीपुल्स लिबरेशन आर्मीका तीनजना उग्रवादी अनि दुईजना ड्रग तस्करहरूलाई पक्राउ गरेको छ।

पुलिस प्रवक्ताले साेमवार बतायो, पहिलो अभियान इम्फाल पश्चिमको लामसांग थाना क्षेत्रमा संचालन गरियो जहाँ पुलिसको टीमले तीनजना आरपीएफ/पीएलए क्याडरहरूलाई उनीहरूको घरबाटै पक्राउ गऱ्यो। पक्रा पर्ने उग्रवादीहरूको पहिचान चिंगांगबम इंगोमाचा सिंह उपनाम किशन (50), नगोंग इन्आओचा सिंह उपनाम जेम्स (49) र हुइद्रोम भोफेन सिंह उपनाम चिंगखै (40)-को रूपमा भएको छ।

पुलिसले यी आरोपीहरूबाट तीन वटा मोबाइल फोन र तीन वटा आधार कार्ड जफत गरेको छ। अधिकारीहरूले बताए, आरोपीहरूसित जाँचबुझ भइरहेको छ ताकि यिनीहरूको गतिविधि र कुनै पनि नेटवर्कसित सम्बन्ध बारे पत्तो लगाउन सकियोस्।

यसै दिन इम्फाल पूर्व जिल्लाको पोरमपट थाना क्षेत्रमा पुलिसले एक भिन्नै अभियानमा दुईजना मानिसहरूलाई जेएनआईएमएस क्रसिंग छेउबाट पक्राउ गऱ्यो। यी आरोपीहरूमा मोहम्मद सलमान खान (35) निवासी क्वक्टा खुमान, मोइरांग र मोहम्मद साहिदुर (51) निवासी वार्ड नं. 2, बिष्णुपुर जिल्लाको रूपमा भएको छ। यिनीरूबाट पुलिसले लगभग 2.3 किलो याबा ट्याबलेट, एउटा महिन्द्रा स्कर्पियो (एएस 12के-6496), एउटा आधार कार्ड अनि दुई वटा मोबाइल फोन जफत गऱ्यो।

पुलिसले दुवै मामिलामा अलग-अलग प्राथमिकी दर्ता गरेको छ अनि राज्यमा सक्रिय उग्रवादी तथा मादक पदार्थ तस्करी नेटवर्कको गहन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande