
नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली नगरनिगम (एमसीडी) उपचुनाउको लागि सोमवार शालीमार बागमा रोड शो गरेर चुनाउ प्रचारको शुरूआत गरिन्। मुख्यमन्त्रीले वार्ड नम्बर-56 शालीमार बाग (बी)- की भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार अनिता जैनको समर्थनमा प्रचार गरिन्। यो सीट मुख्यमन्त्री रेखा गुप्ता विधायक निर्वाचन भएपछि रिक्त भएको थियो। मुख्यमन्त्री गुप्ता अऩिता जैनको चुनाउ कार्यालयको उद्घाटन समारोहमा पनि सामेल भइन्। यस अवसरमा सांसद प्रवीण खण्डेलवाल सहित ठूलो संख्यामा भाजपा कार्यकर्ता अनि स्थानीय मानिसहरूको उपस्थिति थियो।
यस अतिरिक्त मुख्यमन्त्रीले आज अशोक विहार वार्ड नम्बर- 56 बाट उम्मेदवार वीना असिजाको नामांकनपूर्व पूजामा पनि सम्मिलित भएर उनलाई शुभकामना दिइन्। मुख्यमन्त्रीले भनिन्, जनसेवाप्रति वीना असिजाको समर्पण, मिहेनत र कार्यशीलताले उनलाई जनताबीच विशेष स्थान दिलाएको छ। उनलाई यस वार्डका जनताको भरमग्दुर आशीर्वाद र अपार स्नेह प्राप्त हुनेछ।
मुख्यमन्त्रीले एक्स पोस्टमा भाजपाका सबै उम्मेद्वारहरूलाई शुभकामना दिइन्। उनले भनिन्, भाजपाका 12 जना उम्मेद्वारहरूमध्ये 8जना महिला छन्। यसले नारी शक्तिलाई नेतृत्व एवं उचित प्रतिनिधित्व गर्ने हाम्रो प्रतिबद्धतालाई स्पष्ट रूपमा दर्शाउँछ। मलाई दृढ़ विश्वास छ कि दिल्लीका प्रबुद्ध नागरिकले सेवाको यस संकल्पलाई आफ्नो बहुमूल्य आशीर्वाद र समर्थन प्रदान गर्नेछन्। जनताको आशीर्वाद, स्नेह औ सेवाभाव यही हाम्रो काम हो र यस कामलाई अगाड़ि बढ़ाउँदै सबै 12 वटा वार्डहरूमा चुनाउ लड़्नेछौं।
मुख्यमन्त्रीले भनिन्, यो उपचुनाउ दिल्लीको स्थानीय विकास, स्वच्छता एवं व्यवस्थाको दिगोपन सुनिश्चित गर्ने दिशामा एक अत्यन्त महत्वपूर्ण कदम हो। हाम्रा सबै उम्मेद्वारहरू पूर्ण निष्ठा, इमानदार र पारदर्शिताको साथमा जनताको सेवाको लागि प्रतिबद्ध ठन्।
उल्लेखनीय छ, एमसीडीका 12 वटा वार्डहरूमा उपचुनाउको लागि आगामी 30 नोभेम्बरको बिहान 7:30 बजीदेखि साँझ 5:30 बजीसम्म मतदान हुनेछ भने मतगणना 03 दिसम्बरमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा