
नन्दीग्राम, 10 नोभेम्बर (हि. स.)। नन्दीग्राम भूमि उच्छेद प्रतिरोध समितिको तत्वावधानमा सोमवार “रक्ताक्त सूर्योदय”- को 18औं वर्षगाँठमा शहीद श्रद्धाञ्जली एवं स्मरण सभाको आयोजन गरियो। यो कार्यक्रम गोखुल नगर र करपल्ली क्षेत्रमा सम्पन्न भयो जसमा ठूलो संख्यामा स्थानीय सामाजिक संगठनका प्रतिनिधि, ग्रामीण जनता तथा शहीद परिवारका सदस्यहरू उपस्थित थिए।
यस अवसरमा विधानसभामा विपक्षका नेता एवं नन्दीग्राम आन्दोलनका प्रमुख मुहार शुभेन्दु अधिकारी पनि उपस्थित थिए। उनले भाजपा कार्यकर्ताहरूसित कालो झण्डा बोकेर प्रतीकात्मक विरोध मार्च गरे। भाजपा नेताहरूको भनाइ थियो, नन्दीग्राम आन्दोलनको मूल भावनालाई आज भुलिएको छ। शहीदहरूको बलिदानको सार्थकतालाई कायम राख्नु सबैको दायित्व हो।
शुभेन्दु अधिकारीले भने, नन्दीग्राम आन्दोलन बंगालको आत्मसम्मान र लोकतान्त्रिक अधिकारहरूको रक्षाको प्रतीक थियो। उनले शहीद परिवारहरूप्रति संवेदना व्यक्त गर्दै भने, नन्दीग्रामको “रक्ताक्त सूर्योदय” जनताको अदम्य साहस अनि बलिदानको अमर गाथा हो।
कार्यक्रम अवधि सम्पूर्ण क्षेत्रमा पुलिसको कड़ा निगरानी रह्यो। श्रद्धाञ्जली सभा शान्तिपूर्वक संपन्न भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा