जन्तर-मन्तरमा युवकद्वारा आत्महत्या
जन्तर-मन्तरमा युवकद्वारा आत्महत्या


नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। नयाँ दिल्ली जिल्लाको जन्तर-मन्तरमा सोमवार बिहान एकजना व्यक्तिले आफैमाथि गोली दागी आत्महत्या गऱ्यो। मृतकको पहिचान मध्य प्रदेशको मुरैना निवासी लोकेन्द्र (40) -को रूपमा भएको छ। उनले पछिल्लो केही महिनादेखिको आफ्नी दिदीलाई अनुकम्पाको आधारमा मध्य प्रदेश शिक्षा विभागमा नोकरी दिने मागमा प्रदर्शन गर्दै आइरेहका थिए।

पुलिस अनुसार लोकेन्द्रको भेना मध्य प्रदेशको शिक्षा विभागमा चपरासीको पदमा कार्यरत् थिए जसको वर्ष 2019-मा मृत्यु भएको थियो। त्यसपछि लोकेन्द्रले चाहन्थे कि सरकारले तिनकी दिदीलाई विभागमा नोकरी दिइयोस्। यसै मागलाई लिएर तिनी गत जुलाई महिनादेखि दिल्लीमा धरनामा बसेका थिए।

एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, सोमवार बिहान लगभग 9 बजे लोकेन्द्रले जन्तर-मन्तरमा आफैमाथि गोली चलाए। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले उसलाई मृतावस्थामा भेट्यो। उसको शरीरमा गोली लागेको निशान भेटिएको छ। पुलिसले बतायो, घटनास्थलमा फोरेन्सिक टीमलाई बोलाएर घटनास्थललाई घेराबन्दी गरिएको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। अधिकारी अनुसार घटनाको सही कारण पत्तो लगाइँदैछ। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande