जीटीए प्रमुख अनित थापाद्वारा बाघमारास्थित गुम्बाको भ्रमण र दर्शन, गुम्बाद्वारा थापालाई सम्बर्द्धना
जीटीए प्रमुख अनित थापाद्वारा बाघमारास्थित गुम्बाको भ्रमण र दर्शन, गुम्बाद्वारा थापालाई सम्बर्द्धना


खरसाङ, 10 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सोमवार तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको निरीक्षण भ्रमण साथै दर्शन गरेका छन्। यस अवसरमा उनले सिविटार बाघमारा बस्ती क्षेत्रका जनसाधारणहरुसित भेटघाट पनि गरे।

यसका साथै, अनित थापाले बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा गत 2 नोभेम्बरदेखि शुरु भएको त्रिपिटक काङ्युर पूजामा पनि सामेल भएर पूजा अर्चना गरे। जीटीए प्रमुखलाई बाघमारा बस्तीमा स्थानीयहरुले स्वागत जनाएका थिए।‌

जीटीए प्रमुखलाई बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा भइरहेको काङ्युर पूजा आयोजक समितिको तर्फबाट शल ओढाएर साथै सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। थापाले स्थानीय जनसाधारणहरुसित पनि भेटघाट गरेका थिए।

पूजा आयोजक समितिका सचिव एवं पञ्चायत सदस्य राजीव तामाङले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिए। उनले गत 2 नोभेम्बरदेखि शुरु भएको काङ्युर पूजाको अन्तिम दिन मंगलबार कालेबुङबाट आएका बौद्ध धर्म थेनड्रुल झ्याङलिन रिम्पोर्छेको बाहुलीबाट वाङ वितरण गरिने भएको बताउॅंदै सबै भक्तजनलाई उपस्थित भइदिने अनुरोध पनि गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande