असम मन्त्रीमण्डलले बहुविवाह निषेध विधेयकलाई दियो स्वीकृति
असम


गुवाहाटी, 10 नोभेम्बर (हि.स.)। राज्य मन्त्रीमण्डलले असम बहुविवाह निषेध विधेयक-2025 लाई स्वीकृति दिएको छ। यसलाई राज्यमा बहुविवाह प्रथालाई समाप्त गर्ने दिशामा ठूलो कदम मानिन्दैछ। यो निर्णय़ मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा आइतवार राति सेवा भवनमा मन्त्री परिषदको बैठकमा लिइयो। बैठकमा अझ् पनि धेरै महत्वपूर्ण निर्णय लिइयो।

मन्त्रीमण्डलले उत्तर गुवाहाटीको रंगमहलमा स्टेट अफ द आर्ट ज्यूडिशियल टाउनशिपको पहिलो चरणको निर्माणलाई प्रशासनिक स्वीकृति प्रदान गऱ्यो। यस परियोजनाको अनुमानित लागत 478.78 करोड़ रुपियाँ हुनेछ। हाई कोर्ट कम्प्लेक्स हेवलपमेन्ट (फेज-I) अन्तर्गत आधुनिक न्यायिक परिसरको निर्माण गरिनेछ। सबै भवन आपस्तमा पुलहरूको माध्यमले जोड़िएका हुनेछऩ्। यो परिसर क्षेत्रको प्रमुख न्यायिक केन्द्र हुनेछ। यस परियोजनाको प्रमुख घटक हाईकोर्ट बिल्डिंग (जी+4), हाई कोर्ट बार बिल्डिंग (जी+6), तथा हाई कोर्ट अफिस बिल्डिंग (जी+6) हो।

राज्य मन्त्रीमण्डलले असम स्टार्टअप एण्ड इनोवेशन पोलिसी 2025-30’ लाई पनि अनुमति दियो। यसको उद्देश्य आगामी पाँच वर्षमा असमलाई देशको अग्रणी नवाचार र उद्यमिता केन्द्रहरूमा स्थापित गर्नु हो। यस नीतिमाथि पाँच वर्षमा 397 करोड़ रूपियाँ व्यव हुनेछ। यस नीति अन्तर्गत विभिन्न आर्थिक सहायताको प्रावधान गरिएको छ। मन्त्रीमण्डलले असम बहुविवाह निषेध विधेयक- 2025 लाई स्वीकृति प्रदान गरेको छ।

यो बहुविवाहलाई समाप्त गर्ने र यसलाई अपराध घोषित गरिने उद्देश्यले ल्याइएको हो (छैठौं अनुसूची क्षेत्रहरूलाई छोड़ेर)। यो विधेयकले यस्ता पुरुष वा महिलालाई बिहे गर्नदेखि रोक्दछ, जसको जीवित पत्नी वा पति छ वा जसको बिहे विधिक रूपले विच्छेदित भएको छैन। साथै यस विधेयकमा बहुविवाहले पीड़ित महिलाहरूलाई क्षतिपूर्ति दिने प्रावधान पनि राखिएको छ ताकि उनीहरूलाई न्याय र सामाजिक सुरक्षा प्राप्त होस्।

बैठकमा कैरीयर एडवान्समेन्ट स्कीम (सीएएस) अन्तर्गत असमका स्वायत्त, प्रान्तियकृत र सरकारी महाविद्यालयहरूका सहायक प्राध्यापकहरू र पुस्तकालयाध्यक्षहरूको पदोन्नतिको प्रभाव तिथि निर्धारित गर्ने प्रस्तावलाई पनि स्वीकृति दिइयो। यस बाहेक मन्त्रीमण्डलले ‘चु-का-फा विश्वविद्यालय, असम’ को स्थापनाको प्रस्तावलाई स्वीकृति दियो। यो विश्वविद्यालय उच्च शिक्षाको प्रसारको निम्ति अविभाजित शिवसागर, विशेषगरी चराइदेव जिल्लामा एक शिक्षण, आवासीय र संबद्ध विश्वविद्यालयको रूपमा स्थापित गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande