
जयपुर, 10 नोभेम्बर (हि.स.)। भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी) को कोटा स्पेशल यूनिट टीमले कारबाही गर्दै केन्द्रिय नारकोटिक्स ब्यूरो इन्स्पेक्टर भवानी मन्डी हितेश कुमारको निम्ति बीस हजार रूपियाँको भारतीय मुद्रा एवं डमी नोट घूस लिँदै गरेको दलाल अकरम हुसैनलाई पक्राउ गरेको छ।
भ्रष्टाचार निरोधक ब्यूरो पुलिस महानिदेशक गोविन्द गुप्ताले बताए, भ्रष्टाचार निरोधक ब्यूरोको कोटा स्पेशल यूनिटलाई परिवादीले शिकायत दिए कि उनका पितालाई केन्द्रिय नारकोटिक्स ब्यूरो भवानी मन्डीका इन्स्पेक्टर हितेश कुमार र एक व्यक्तिले 07 नोभेम्बरमा परिवादीको घऱबाट उठाएर लगेका थिए औं परिवादीका पितालाई झूठा मुद्दामा फसाउने धम्की दिएर तीन लाख रूपियाँको घूस मागिँदैथियो। जसमा एसीबी स्पेशल यूनिटका अतिरिक्त पुलिस अधीक्षक मुकूल शर्माले शिकायतको सत्यापन गराए।
परिवादीबाट दलाल अकरम हुसैनद्वारा तीन लाख रूपियाँ मागिनु सत्य पाइयो। यसपछि सत्यापन ट्रेप कारबाहीको आयोजन गरियो, ट्रेप कारबाहीमा आरोपी दलाल अकरम हुसैनलाई केन्द्रिय नारकोटिक्स ब्यूरो भवानी मन्डीका इन्स्पेक्टर हितेश कुमारको निम्ति 20 रूपियाँ भारतीय मुद्रा एवं डमी नोट घूस लिँदै गरेको रेड ह्याण्डेड डिटेन गरी आरोपीलाई पक्राउ गरियो।
केन्द्रिय नारकोटिक्स ब्यूरो भवानी मन्डीका इन्स्पेक्टर हितेश कुमार घटनास्थलबाट अन्धकारको फायदा उठाएर भागे, जसलाई पुलिसले खोजीरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी