चन्दन राजभरको बञ्चरोले हत्या गर्ने अभिनन्दन पुलिस भिड़न्तमा घाइते
चन्दन राजभरको बञ्चरोले हत्या गर्ने अभिनन्दन पुलिस भिड़न्तमा घाइते


बलिया, 10 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको बलियाको चर्चित चन्दन राजभर हत्याकाण्डको आरोपी अभिनन्दन राजभरलाई बलिया पुलिसले भिड़न्तमा पक्राउ गऱ्यो। उ आइतवार राति पुलिसमाथि गोलीबारी गरी भागिरहेको थियो। पुलिसको जवाबी कारबाहीमा उसको दाहिने खुट्टामा गोली लागेको छ।

शनिवार राति डेराबाट घर फर्केको समय महलीपुर निवासी चन्दन राजभरको तीन बदमाशले मिलेर बञ्चरोले हत्या गरेका थिए। जसपछि स्थानीय पुलिसले घटनाको आऱोपीहरूलाई पक्राउ गर्न प्रयास जारी राखेको थियो।

एएसपी कृपाशंकरले सोमवार जानकारी दिए कि आइतवार राति एघार बजी घोघाचट्टीदेखि बड़ागाउँ जाने मार्ग निकट मनियर पुलिस रात्रि पेट्रोलिङमा थियो। सोही अवधि एक संदिग्ध मोटरसाइकल सवारलाई पुलिसले रोकिने इशारा गर्दा उ भाग्न थाल्यो। पुलिसले उलाई पछ्याउँदा मोटरसाइकल सवारले गोलीबारी गऱ्यो।

पुलिसको जवाबी गोलीबारीमा बदमाशको दाहिने खुट्टामा गोली लाग्यो। सोधपुछमा थाहा लाग्यो कि घाइते बदमाश अभिनन्दन पुत्र केदार राजभर निवासी महलीपुर थाना मनियरको हो, जो आफ्नो भाई रघुनन्दन र उसको सालो राजू राजभरको साथ मिलेर 08 नोभेम्बर राति चन्दन राजभरको बञ्चरोले हत्या गरेको थियो। एएसपी कृपाशंकरले बताए, घाइते बदमाश अभिनन्दनको सदर अस्पताल बलियामा उपचार चलिरहेको छ। पक्रा परेको बदमाशदेखि अवैध पेस्तोल जफत भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande