'विशेष ओलम्पिक भारत च्याप्टर, गान्तोक' लाई पॉंच लाख रूपियॉं अनुदान राशि प्रदान
Governor-special olympic


गान्तोक, 10 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको सामजिक कल्याण, महिला, बाल, एवं वरिष्ठ नागरिक कल्याण विभाग तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।

यस अवसरमा राज्यपाल माथुरले मन्त्री लेप्चाको उपस्थितिमा 'विशेष ओलम्पिक भारत च्याप्टर, गान्तोक' लाई पॉंच लाख रूपियॉंको अनुदान राशिको चेक प्रदान गरे। यो राशि दिव्याङ्गजनका लागि खेल, प्रशिक्षण र समावेशी विकासलाई प्रोत्साहित गर्न प्रदान गरिएको राजभवनले बताएको छ।

यस अवसरमा विशेष ओलम्पिक भारत च्याप्टर, गान्तोकका अध्यक्ष कुबेर दाहाल र कार्यकारिणी सदस्यहरू पनि उपस्थित थिए। राज्यपालले विशेष ओलम्पिकका प्रयासहरूको सराहना गर्दै यो सहयोग दिव्याङ्गजनलाई नयॉं उचाईसम्म पुग्न सहायक बन्ने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande