
पूर्व मेदिनीपुर, 10 नोभेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको कोलाघाट थाना अन्तर्गत राइन गाउँमा घटेको एक हृदयविदारक घटनाले सम्पूर्ण क्षेत्रलाई शोकमा डुबाएको छ। गत शनिवार कलेज छात्र शुभाद्रि वैद्य (21)-को मृत्यु भएपछि छोरा गुमाएको पीड़ा सहन नसकेर उसकी आमाले पनि तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरिन्।
पुलिसले सोमवार बिहान बयान जारी गरी बतायो, शुभाद्रि वैद्यलाई गत शनिवार घरमै टाउकोमा चोट लागेको अनि हृदयाघात भएपछि तत्कालै कोलाघाटको पाइकपाड़ा ब्लक अस्पतालमा लगियो जहाँ डाक्टरले उसलाई मृत घोषित गरिदिए। शुभाद्रिका पिता रमेश वैद्य पूर्व मेदिनीपुर जिल्लाको डिस्ट्रिक्ट एन्फोर्समेन्ट ब्राञ्चमा कार्यरत छन्।
रात्रि लगभग 8:30 बजे शुभाद्रिको शवलाई घरमा पुऱ्याइयो। परिवारका सदस्यहरूको रोएर बेहाल भयो। यसबीच शुभाद्रिकी आमा मानसी वैद्य गहिरो शोकमा परेर सबैको नजरबाट ओझेल भइन् अनि तेस्रो तलाबाट हाम फालिन्। परिवारका सदस्यहरूले तिनलाई तुरून्तै गम्भीर अवस्थामा मचेदाको एक निजी नर्सिंग होममा भर्ती गराए जहाँ डाक्टरले तिनलाई पनि मृत घोषित गरिदिए।
सोमवार पुलिसले बतायो, दुवै शवको पोस्टमर्टम ताम्रलिप्त मेडिकल कलेज, तामलुकमा गराइएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा