नीति आयोगकी राज्य नोडल अधिकारीसॅंग समीक्षा एवं समन्वयक बैठक सम्पन्न
नीति आयोगकी राज्य नोडल अधिकारीसॅंग समीक्षा एवं समन्वयक बैठक सम्पन्न


नाम्ची, 10 नोभेम्बर (हि.स.)। आकांक्षी ब्लक नाम्चीलाई लिएर आज नाम्चीमा नीति आयोगकी राज्य नोडल अधिकारी शरना चक्रवर्तीसॅंग एक समीक्षा एवं समन्वयक बैठक आयोजन गरियो। बैठकमा नाम्चीकी जिल्लापाल अनुपा तामलिङ र लाइन विभागका अधिकारीहरू उपस्थित थिए।

पाँच क्षेत्रहरूमा प्रमुख कार्यसम्पादन सूचक (केपीआई) हरूको प्रगति मूल्याङ्कन गर्न आयोजित बैठकमा योजना कार्यान्वयनमा कमीकमजोरीहरू पत्ता लगाउन र सबै केपीआईहरूका लागि तोकिएका योजनाहरूको सहज हस्तक्षेपको लागि प्रभावकारी समाधानहरू सिर्जना गर्न छलफल पनि भयो।

बैठकमा राज्य नोडल अधिकारीलाई आकांक्षी ब्लक नाम्चीको तथ्याङ्कको संक्षिप्त अवलोकन प्रदान गरियो, जसपछि प्रत्येक केपीआईमा रहेका कमीहरू र एबीपी ड्यासबोर्डमा सकारात्मक तथ्याङ्क प्रतिबिम्बको लागि यसको मूल्याङ्कन र सुधारको प्रक्रियाको बारेमा अन्तरक्रिया गरियो।

बैठकमा केपीआई अन्तर्गत ब्लकभित्र सञ्चालन गरिने विभिन्न परियोजनाहरूहरूलाई लिएर पनि अन्तरक्रिया गरियो। नोडल अधिकारीले नीति आयोगको आकांक्षा ब्लक कार्यक्रम अन्तर्गत प्रदान गरिँदै आएका विभिन्न पहलहरूको बारेमा जानकारी दिइन्। उनले मन्त्रालयबाट सबै कमीकमजोरीहरू समाधान गर्ने र हस्तक्षेपको आश्वासन दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande