
उत्तर 24 परगना, 10 नवंबर (हि.स.)। दिल्ली दौड़ाहबाट फर्किनसाथ तृणमूल कंग्रेसकी राज्यसभा सांसद ममताबाला ठाकुरले ठाकुरनगर आयोजित मतुआ समुदायको आन्दोलनको मञ्चमा बिमार अनशनकारीहरूको अवस्था बारे जानकारी लिइन्।
सोमवार बिहान ममता बाला ठाकुर बनगाउँ महकुमा अस्पतालमा पनि पुगिन जहाँ उनले 65 वर्षीय निताई मण्डलसित भेट गरिन्। निताई मण्डल एसआईआरको विरोधमा ठाकुर नगरमा जारी आमरण अनशमा सामेल भएकी थिइन्। तर गम्भीर रूपमा बिमार भएको कारण उनलाई अस्पतालमा भर्ती गरिएको छ।
ममताबाला ठाकुरले अस्पतालमा डाक्टरहरूसित निताई मण्डलको स्वास्थ्य स्थितिको विस्तृत जानकारी लिइन्।
उल्लेखनीय छ, ममताबाला ठाकुर विशेष कार्य लिएर दिल्ली गएकी थिइन् जस कारण उनी अनशनको मञ्चमा अहिलेसम्म उपस्थित हुन सकेकी थिइनन्। दिल्लीबाट फर्किनसाथ उनले आन्दोलनकारीहरूसित भेट गरी ऐक्यबद्धताको सन्देश दिइन्।
यसबीच अल इण्डिया मतुआ महासंघको एक प्रतिनिधिमण्डलले हालैमा कंग्रेस नेता अधिर रञ्जन चौधरीसित दिल्लीमा भेट गऱ्यो। सूत्रानुसार अधिर चौदरी मतुआ आन्दोलनको समर्थनमा चाँड़ै ठाकुरनगरको अनशन मञ्चमा पुग्न सक्छन्।
आन्दोलनलाई लिएर ठाकुरनगर र यस वरपरका क्षेत्रहरूमा राजनीतिक हावा लगातार बाफिँदै गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा