दाँतनको पुरूंदामा युवकले फाँसी लगायो
दाँतनको पुरूंदामा युवकले फाँसी लगायो


पश्चिम मेदिनीपुर, 10 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-दुई ब्लकस्थित पुरुंदा क्षेत्रमा गए आइतवार अबेर राती एकजना युवकले फाँसी लगाएर आत्महत्या गऱ्यो। मृतकको पहिचान कालिपद मांडी (29)-को रूपमा भएको छ जो केशियाड़ी थाना अन्तर्गत गगनेश्वर गाउँको रहेको बताइएको छ। घटनाको कारणले क्षेत्रमा खैलाबैला मचिएको छ।

पुलिसले सोमवार बिहान बयान जारी गरी बतायो, कालिपद मांडी पछिल्लो केही दिनदेखिको मानसिक अवसादमा थियो। उ केही दिनअघि आफ्नी पत्नीसित पुरूंदामा आफ्नी बहिनीको घरमा एक पारिवारिक कार्यक्रममा सामेल हुनको लागि आएको थियो। गए आइतवार बहिनीकोघरदेखिकेहीटाड़ाजहालदाक्षेत्रमा उसको रूखमा झुण्डिरहेको शव भेटियो।

सूचना पाउनसाथ बेलदा थाना अन्तर्गत जोड़ा गेड़िया फाँसीको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर खड़गपुर महकुमा अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदियो।

पुलिसले बतायो, प्राथमिक जाँचमा मामिला आत्महत्या प्रतीत भएको छ तथापि सठीक कारण पोस्टमर्टम रिपोर्टपछि नै स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande