
गुवाहाटी, 11 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नागाल्याण्डका मुख्यमन्त्री नेफियु रियोलाई जन्मदिनमा शुभकामना दिए।
मुख्यमन्त्री सरमाले मंगलवार सोशल मीडिया एक्समा लेखे, ''नागाल्याण्डका मुख्यमन्त्री नेफियु रियोलाई जन्मदिनको हार्दिक शुभकामना। पूर्वोत्तरको विकास अनि सौहार्दप्रति समर्पित एक सम्मानित नेता जसले आफ्नो नेतृत्व र मार्गदर्शनबाट नागाल्याण्ड राज्यलाई नयाँ उचाईँमा लगिरहेका छन्,- को माँ कामाख्या अनि श्रीमन्त शंकरदेवसित दीर्घायु एवं स्वस्थ जीवनको प्रार्थना गर्दछु।
उल्लेखनीय छ, नागाल्याण्डका मुख्यमन्त्री नेफियु रियोको आज जन्मदिन हो। उनको जन्म 11 नोभेम्बर, 1950-मा कोहिमाको तुओफेमा भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा