
सिलगढ़ी, 11 नोभेम्बर (हि. स.)। सिलगढ़ीमा चितुवाको हमलामा परी एकजना युवक गम्भीर रूपमा घाइते भए। घाइते युवकको नाम अभिषेक प्रसाद हो जसलाई एक निजी अस्पतालमा भर्ती गरिएको छ। मंगलवार बिहान भएको यस घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। वन विभागले चितुवालाई खोज्नको लागि क्षेत्रमा गहन खोजी अभियान संचालन गरेको छ। घटना शहरको शिवमन्दिर क्षेत्रस्थित उत्तर बंगाल विश्वविद्यालय संलग्न क्षेत्रमा भएको छ।
सूत्र अनुसार बिहान चितुवा सबैको नजरदेखि बच्दै घरभित्र पस्यो अनि बाथरूममा गएर लुक्यो। युवकले बाथरुममा कदम राख्नसाथ चितुवाले हमला गऱ्यो। घरमा कोकोहोलो मचियो। हमला गरेको तत्कालै चितुवा त्यहाँबाट भाग्यो।
घर मालिक बिश्वनाथ देले बताए, बिहान अचानक चित्कार सुनियो। माथिबाट हेर्दा अभिषेक रगताम्मे भएको थियो। तल आएर हेर्दा उसको अनुहार, छात्ती र हातमा चिथरेको निशान थियो। अभिषेकले आफूमाथि चितुवाले हमला गरेको बतायो। उसलाई तत्कालै नर्सिंग होममा लगियो। अब घरबाट बाहिर निक्लिनु पनि डर लागिरहेको छ।
अर्कोतिर खबर पाउनसाथ बागडोगरा वन विभागका कर्मचारीहरू घटनास्थलमा आए। क्षेत्रमा गहन खोजी अभियान संचालन गरिँदैछ। उत्तर बंगाल विश्वविद्यालयमा रहेको सीसीटीभी क्यामरामा चितुवालाई भाग्दै गरेको स्पष्ट रूपमा देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा