
काठमाडौं, 15 नोभेम्बर (हि.स.)। व्यापारिक भिसामा नेपालमा रहँदै आएका चार चिनियाँ नागरिकलाई संदिग्ध गतिविधिमा संग्लन भएको आरोपमा पक्राउ परिएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार, एक महिला र तीन पुरुषलाई शुक्रबार पक्राउ गरियो। उनीहरूलाई काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा पक्राउ गरिएको थियो, जहाँ चिनियाँ नागरिकहरूको संख्या धेरै भएको कारण ‘चाइनीज हाउजिङ’ पनि भनिन्छ।
व्यापारिक भिसा भए पनि पक्रा परेका चिनियाँ नागरिकहरूले आफ्नो पेशा, कम्पनीको नाम, वा कुनै पनि सम्बन्धित जानकारी प्रदान गर्न असमर्थ थिए। प्रारम्भिक जॉंचमा यी व्यक्तिहरूले आर्थिक रूपमा विपन्न नेपाली महिलाहरूलाई नोकरीको आश्वासन दिएर सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा भिडियो बनाउन प्रलोभनमा दिने गर्थे र त्यसपछि टिकटक मार्फत अन्य चिनियाँ नागरिकहरूसँग मित्रता र विवाह गर्ने प्रयास गरेको पत्ता लागेको छ।
अध्यागमन विभागले केही युवतीहरूलाई विवाहको बहानामा चीन लगिएको रिपोर्ट गरेको छ। यस अतिरिक्त, घर भाडामा लिएर नेपाली महिलाहरूलाई राखिन्थ्यो र विभिन्न देशहरूमा पठाउने गरिन्थ्यो। पक्रा परेका दुई व्यक्ति पर्यटक, विद्यार्थी र व्यापारिक भिसामा विगत १० वर्षदेखि नेपालमा बस्दै आएको पाइएको छ। भिसा जाँचको क्रममा उनीहरूले आफ्नो पासपोर्ट र भिसा प्रस्तुत गर्न असफल भए तथा अध्यागमन र सुरक्षा अधिकारीहरूसँग दुर्व्यवहार पनि गरे।
महानिर्देशकले नेपालमा अवैध रूपमा बसोबास गर्ने त्यस्ता विदेशी नागरिकहरूलाई ५०,००० रुपियाँसम्म जरिवाना लगाउन सक्छन् र निश्चित अवधिका साथ वा बिना नै उनीहरूलाई देश निकाला गर्न सक्छन्। उनीहरूलाई नेपालमा पुन: प्रवेश गर्नबाट रोक लगाइन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी