
सिलगढ़ी, 16 नोभेम्बर (हि.स)। सिलगढ़ीको आशीघर मोड़ नजिक साहु नदीको किनारबाट आइतवार बिहान एक दम्पत्तिको शव उद्धार गरिएको छ जुन घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। मृत दम्पत्तिको नाम अनिमा बर्मन र तपन बर्मन हो जो भोलानाथ पारा क्षेत्रका निवासी थिए। अनिमा एक स्थानीय कारखानामा काम गर्दथी भने तपन राजमिस्त्री थियो। अनिमा बर्मनको रगताम्मे शव नदिमा भेटियो भने पति तपन बर्मनको शव नदीदेखि केही टाड़ा जंगलभित्र रूखमा झुण्डिरहेको अवस्थामा भेटियो।
स्थानीय सूत्र अनुसार शनिवार साँझ 6 बजे पति आफ्नी पत्नीलाई कारखानामा लिन गएको थियो। तबदेखि नै यी दुई बेपत्ता भएका थिए। परिवारका सदस्यहरूले रातभरि दुवैलाई खोज-तलास गरे पनि कतै भेटिएन। आइतवार बिहान थारोघाटी नजिक साइकल भेटियो। त्यसपछि स्थानीय मानिसहरूले दुवैको शवलाई देखे। महिलाको गला काटिएको थियो। कसैले बुझ्न सकिरहेका छैनन् कि यी दुईले यस्तो कदम किन उठाएका हुन्। आशंका व्यक्त गरिँदैछ, पतिले पत्नीको हत्या गरेर आत्महत्या गऱ्यो होला। आशिघर चौकीको पुलिसले दम्पत्तिको शवलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा