
नयाँ दिल्ली, 16 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज यमुना स्पोर्ट्स कम्प्लेक्समा सांसद खेल महोत्सव अन्तर्गत 'नमो रन फर रोड सेफ्टी'- लाई झण्डी देखाएर प्रस्थान गराइन्। यस अवसरमा भाजपा, दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा पनि उपस्थित थिए।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गरिन्, पूर्वी दिल्लीमा सांसद एवं केन्द्रिय मन्त्री हर्ष मल्होत्राद्वारा सांसद खेल महोत्सव संचालन गरिँदैछ। यसै श्रृङ्खलामा युवाहरूप्रति समर्पित यो विशेष रोड सेफ्टी रन आयोजना गरिएको हो जसको उदेश्य सड़क सुरक्षाप्रति व्यापक जन-जागरूकतालाई सुदृढ़ पार्नु हो।
मुख्यमन्त्रीले भनिन्, सड़कहरू त्यसबेला मात्र सुरक्षित बन्नेछन् जतिबेला हामी सबैले ट्राफिक नियमहरूलाई पालन गर्नेछौं, धैर्य अऩि संयमको साथमा वाहन हाँक्नेछौं तथा स्वयं जागरूक रहेर अन्यलाई पनि जागरूक बनाउनेछौं। सड़क सुरक्षा अनुशासन, सजगता औ सामूहिक जिम्मेवारीको परिचायक हो। उनले भनिन्, आउनुहोस्, हामी सबैले मिलेर सड़क सुरक्षाप्रति जागरूकता फैलाऔं। सुरक्षित हिँड़ौं अनि सुरक्षित चलाऔं।
यस कार्यक्रममा विधायक अरविन्दर सिंह लवली, रविकान्त, सञ्जय गोयल, अभय वर्मा सहित अनेकौं मानिसहरू उपस्थित थिए। विधायक अरविन्दर सिंह लवलीले एक्समा पोस्ट गर्दै लेखे, नमो रन फर रोड सेफ्टीमा सामेल भएर युवाहरूको जोश, ऊर्जा एवं अनुशासनको अद्भुत संयोग देख्न पाइयो। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रेरित फिट इण्डिया मुभमेन्टले आज खेललाई प्रेरित मात्र गरिरहेको छैन जबकि युवाहरूमा अनुशासन, आत्मविश्वास एवं राष्ट्रिय गौरवको भावनालाई पनि सशक्त बनाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा