
गान्तोक, 16 नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आज दक्षिण सिक्किम अन्तर्गत याङगाङ भ्रमण गरे। मुख्यमन्त्री खाण्डुले याङगाङमा धापर—भालेढुङ्गामा रोप्वे र निर्माणाधीन भालेढुङ्गा स्काईवक परियोजनाको अवलोकन गरे।
मुख्यमन्त्री खाण्डुलाई क्षेत्र विधायक एवं विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, आईएफएफसीका अध्यक्ष आरके बस्नेत, पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव आदिले स्वागत जनाए।
मुख्यमन्त्री खाण्डुले परियोजना स्थलको निरीक्षण गर्दै परियोजनाको बारेमा जानकारी लिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको भिजनको सराहना गर्दै यस पूर्वाधारले याङगाङलगायत सिक्किमकै पर्यटन सम्भावनालाई बढाएर लैजाने बताए। यस अवसरमा मुख्यमन्त्रीलाई स्थानीय फलफूल, जैविक उत्पादहरू र हथकरघा सामग्रीहरू उपहार स्वरूप प्रदान गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल