
जलपाइगढी, 16 नोभेम्बर (हि. स.)। वाहनको चपेटमा परी दुई वटा हिरणको मृत्यु भएको छ। आइतवार बिहान वन अधिकारीहरूले लाटागुड़ी अनि गोरूमारा जंगलबीच चालसा- लाटागुड़ी राजमार्ग- 717 बाट दुवै हिरणको शवलाई उद्धार गरे। दुई वयस्क हिरणमध्ये एउटा सांभर र दोस्रो बार्किंग थियो।
वन विभाग अनुसार दुवै हिरणको शवलाई गोरूमारा चेकपोस्टदेखि लाटागुड़ी तर्फ जाने जंगलको सड़कबाट उद्धार गरिएको हो। हिरणहरूको शवलाई पोस्टमर्टम गर्नको लागि लाटागुड़ी प्राकृति अवलोकन केन्द्रमा लगिएको छ। वन विभागले हिरणहरूको शरीरमा लागेको चोटको आधारमा शंका व्यक्त गरेको छ, कुनै वाहनको ठक्करमा परेर यिनीहरूको मृत्यु भएको हुनसक्छ। गोरूमारा वन्यजीव विभागका एडीएफओ राजीव देले भने, यो पत्तो लगाउनको लागि जाँच गरिनेछ कि कुन वाहनले हिरणहरूलाई ठक्कर दिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा