
गान्तोक, 16 नोभेम्बर (हि.स.)। सिक्किम डाक महाशाखाले आज गान्तोक मुख्य डाकघर, सिक्किम राज्य महाशाखा कार्यालय तथा डाक कलोनीका कर्मचारीहरू सहित आफ्ना अधीनस्थ विभिन्न कार्यालयहरूमा स्वच्छता प्रतिज्ञा गराउँदै स्वच्छता पखवाडाको शुरुवात गरेको छ।
स्वच्छता पखवाडा 16 देखि 30 नोभेम्बरसम्म मनाइने भएकोले आजको प्रतिज्ञा समारोह यस कार्यक्रमको औपचारिक शुरुवातको रूपमा मनाइएको विज्ञप्तिमा उल्लेख छ। पखवाडाको अवधिभर, सिक्किम महाशाखा अन्तर्गतका सबै कार्यालयहरूले निर्धारित तालिकाअनुसार दैनिक स्वच्छता गतिविधिहरू, एक पटक प्रयोग गरिने प्लास्टिक विरुद्धको अभियान, वृक्षारोपण, कार्यालय तथा आवासीय परिसरको सरसफाई तथा संरक्षणका कार्यहरू सञ्चालन गरिने छन्।
स्वच्छता पखवाडा भारत सरकारको पहलअन्तर्गत सञ्चालन हुने महत्वपूर्ण कार्यक्रम हो, जसको उद्देश्य देशभरका सबै कार्यालयहरूमा, विशेषगरी सिक्किम राज्यको डाक विभागमा, सरसफाई र स्वच्छताप्रतिको चेतना थप सुदृढ गर्नु हो।
हिन्दुस्थान समाचार / बिशाल