रेशिथाङ खेल गाउॅंमा राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू
रेशिथाङ खेल गाउॅंमा राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू


गान्तोक, 16 नोभेम्बर (हि.स.)। राजधानी छेउ रेशिथाङस्थित खेल गाउॅंमा आजदेखि दुई दिवसीय राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू भयो। उद्घाटन समारोहमा खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए। यस स्कूल गेम्समा राज्यको छवटै जिल्लाबाट 700 विद्यार्थीहरूले भाग लिइरहेका छन्।

मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा खेल क्षेत्रलाई सुदृढ़ बनाउन सरकारको प्रतिबद्धता दोहोऱ्याउॅंदै राज्यमा विश्वस्तरीय खेलकुद सुविधा विकास गर्ने भिजनबारे जानकारी गराए। उनले स्कूल गेम्सको उद्देश्यमाथि प्रकाश पार्दै युवा प्रतिभागीहरूको सहभागिताप्रति खुशी व्यक्त गरे।

यस अघि खेलकुद एवं युवा मामिला विभागकी सचिव याङछेन डी. तामाङले स्कूल गेम्सको मुख्य उद्देश्य युवा खेलकुद प्रतीभाहरूको पहिचान गर्न र उनीहरूको पालनपोषण गर्नु रहेको बताइन्। उनले राज्यस्तरीय स्कूल गेम्सले खेलाड़ीहरूलाई राष्ट्रियस्तरका प्रतियोगिताहरूका लागि मञ्च प्रदान गरिरहेको बताइन्। उनले लगभग 700 प्रतिभागीहरू यस खेलमा भाग लिइरहेको जानकारी गराइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande