
सोरेङ, 16 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमद्दरले संयुक्तरूपमा सोरेङस्थित सिभिल जज एवं जुडिशियल म्याजिस्ट्रेट कोर्ट परिसरमा नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे। यस अवसरमा सिक्किम उच्च न्यायालयका न्यायाधीश न्यायमूर्ति भास्करराज प्रधान, विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्री भीमहाङ लिम्बू आदि उपस्थित थिए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सम्बोधनमा मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरलाई सिक्किममा न्यायापालिकालाई सुदृढ़ पार्न उनको मार्गदर्शनको लागि धन्यवाद दिए। उनले अब सुदूर क्षेत्रका मानिसहरू न्यायको खोजीमा टाड़ा यात्रा गर्नुपर्ने छैन भनी बताए। यस समारोहलाई ठूलो उपलब्धी बताउॅंदै कार्यक्रमको हिस्सा बन्न पाएकोमा उनले खुशी व्यक्त गरे। उनले सामाजिक-आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि न्याय सबैको पहुँचयोग्य रहोस् भन्ने सुनिश्चित गर्न सरकारको प्रतिबद्धता दोहोर्याए।
यसैगरी, मुख्य न्यायाधीश न्यायमूर्ति सोमाद्दरले संविधानको तीन मुख्य स्तम्भहरूको महत्वमाथि प्रकाश पार्दै इण्डिया जस्टिस रिपोर्ट अनुसार सिक्किम देशका साना राज्यहरूमा न्याय वितरण प्रणालीमा सबैभन्दा अगाडि रहेको जानकारी गराए। उनले सिक्किम सरकारबाट ठूलो सहयोग प्राप्त भइरहेको छ भने राज्यमा न्यायिक पूर्वाधारहरूको विकास पनि भइरहेको बताए। उनले प्रणालीलाई सशक्त बनाउन सरकार र अन्य सरोकारवालाहरूको निरन्तर समर्थनको लागि कृतज्ञता व्यक्त गरे। उनले सीमान्तकृत समुदायको न्यायमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए।
भवन तथा आवास विभागकी सचिव आशा गुरुङले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्दै पूर्वाधार 2.6 ऐकर जमिनमा फैलिएको र सबै आवश्यक सुविधाहरूले सुसज्जित रहेको बताइन्।
हिन्दुस्थान समाचार / बिशाल