कल्याणका आरोपहरूपछि राज्यपालले बीचमै छोड़िदिए उत्तर बंगालको दौड़ाह
कल्याणका आरोपहरूपछि राज्यपालले बीचमै छोड़िदिए उत्तर बंगालको दौड़ाह


कोलकाता, 17 नोभेम्बर (हि.स.)। तृणमूल कंग्रेस सांसद कल्याण ब्यनर्जीद्वारा लगाइएका गम्भीर आरोपहरू पश्चात राज्यपाल सी.वी.आनन्द बोसले आफ्नो उत्तर बंगाल दौड़ाहलाई अचानक बीचमै रोकिदिएका छन्। राज्यपाल अब कोलकाता फर्किरहेका छन्। उनको नेतृत्वमा राजभवन परिसरमा व्यापक खोजी अभियान संचालन गरिनेछ। प्रशासनिक अधिकारीहरू अनुसार यस्तो राजभवनको इतिहासमा पहिलो पटक हुन गइरहेको छ।

वास्तवमा कल्याण ब्यनर्जीले आरोप लगाएका थिए, राजभवनमा भाजपा समर्थित गुण्डाहरूलाई आश्रय दिइँदैछ अनि परिसरमा हतियारहरूको भण्डार राखिएको छ। एसआईआरलाई राज्यपालले समर्थन गरेपछि तृममूल सांसदले उनीलाई खुलेर लक्षित गरेका थिए। कल्याण ब्यनर्जीका यी आरोपहरूलाई राजभवनले आइतवार नै एक कड़ा बयानको साथमा पूर्ण रूपले खारेज गरिदिएको थियो।

सोमवार बिहान राजभवनद्वारा जारी आधिकारिक बयानमा बताइयो, राज्यपालले आफ्नो उत्तर बंगालको कार्यसूचीलाई संक्षिप्त बनाइरहेका छन् अनि तुरून्तै कोलकाता फर्केर व्यक्तिगत रूपमा खोजी अभियानको नेतृत्व गर्नेछन्। सम्पूर्ण राजभवनको भवन र परिसरको जाँच गरिनेछ। यस सम्पूर्ण अभियानको सोझो प्रसारण टीभीमा गरिनेछ। यसको साथै मीडिया प्रतिनिधि अनि बुद्धिजीविहरूलाई पनि उपस्थित रहने अनुमति दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande