पत्नीको हत्या मामिलामा पति पक्राउ
पत्नीको हत्या मामिलामा पति पक्राउ


नयाँ दिल्ली, 17 नोभेम्बर (हि.स.)। उत्तर पश्चिमी जिल्लाको महेन्द्रा पार्क थाना पुलिसले पत्नीको हत्या मामिलामा आरोपी पतिलाई पक्राउ गरेको छ। आरोपीको पहिचान जहाँगीरपुरी निवासी विष्णु शर्मा (31)- को रूपमा भएको छ। आरोपी पहिला नै आबकारी अधिनियम तथा चोरीका तीन वटा मामिलाहरूमा सामेल रहिसकेको छ।

पुलिस अनुसार आरोपी विष्णु शर्मालाई आफ्नी पत्नी श्वेता शर्माको परपुरूषसित अवैध सम्बन्ध रहेको शंका लागेको थियो। त्यसैले पति-पत्नीमाझ झगड़ा भइरहन्थ्यो। गत 13 नोभेम्बरको राति लगभग 9 बजी दुईबीच फेरि विवाद भयो जसमा आरोपीले आक्रोशको आवेगमा आएर पत्नीको हत्या गरिदियो। त्यसपछि उसले शवलाई उठाएर नजिकैको नालामा फालिदियो ताकि प्रमाण नष्ट होस्।

उत्तर-पश्चिम जिल्लाका पुलिस उपायुक्त भीष्म सिंहले सोमवार बताए, गत 14 नोभेम्बरको साँझ साढ़े चार बजे पुलिसलाई एक पीसीआर कल प्राप्त भयो जसमा जहाँगीरपुरी इण्डस्ट्रियल एरियाको नाला नजिक एक जना महिलाको शव देखिएको सूचना दिइएको थियो। घटनास्थलमा पुगेर पुलिस टीमले शवलाई उद्धार गऱ्यो। यसै अवधि आरोपी विष्णु स्वयं घटनास्थलमा पुगेर सबै घटना बारे बताउँदै आफ्नो अपराधलाई स्वीकार गऱ्यो। पुलिसले वरिपरीको सीसीटीभी क्यामराको फुटेज पनि जाँच गऱ्यो जसमा स्पष्ट रूपमा आरोपीलाई पत्नीको शवलाई काँधमा बोकेर नालातर्फ गइरहेको देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande