
कोलकाता, 17 नोभेम्बर, (हि.स.)। केन्द्रिय मन्त्री डा. सुकान्त मजुमदारले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि कटाक्ष गरे। यस सम्बन्धमा उनले गए आइतवार राती एक्स ह्याण्डल (पूर्वमा ट्वीटर) एउटा भीडियो सहित पोस्ट गरेका छन्।
आफ्नो भीडियोमा केन्द्रिय मन्त्रीले भ्रष्टाचारको सन्दर्भमा मुख्यमन्त्री ममता ब्यनर्जीको कड़ा आलोचना गरेका छन्। यस सम्बन्धमा उनले लेखे, मुख्यमन्त्रीले सत्ताको लोभमा नैतिकता गुमाइरहेकी छन्। उनले सत्ताको कुर्सीमा बलपूर्वक कब्जा गर्ने चेष्टा गरिरहेकी छन्, उनको नेतृत्वमा तृणमूल कंग्रेसले आज पश्चिम बंगाललाई कट्टरपन्थी, आपराधिक गिरोह औ असामाजिक गतिविधिहरूको तुष्टिकरणको सुरक्षित अड्डा बनाएको छ।
सुकान्त मजुमदारले आफ्नो पोस्टमा अझ लेखे,जुन राज्य एक समयमा ज्ञान र संस्कृतिको प्रीतक थियो आज तृणमूल कंग्रेसको कारणले घोर अराजकताले गर्दा जंगलराजद्वारा ग्रस्त भएको छ। यसलाई बंगालका जनताले अब सहन गर्नेछैनन्। अब तृणमूल कंग्रेसको दिन गइसकेको छ। पश्चिम बंगालका जनता ममता ब्यनर्जीको 'जंगलराज'-लाई निमिट्यानन्न पार्नमा लागिपरेका छन् अनि एक नौलो भविष्यको निर्माण गर्ने संकल्प लिएर साँचो लोकतन्त्र बहाली गर्ने आह्वान गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा