
गान्तोक, 17 नोभेम्बर (हि.स.)। पाकिम जिल्लामा आज साँझ राज्य–स्तरीय जीएलओएफ र भूकम्प तयारीसम्बन्धी मोक ड्रिल सत्र सम्पन्न गरियो। यो अभ्यास भारत सरकारको गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणसँगको सहकार्यमा सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा आयोजना गरिएको थियो।
यस मक ड्रिलको उद्देश्य सम्भावित जीएलओएफ तथा भूकम्पजन्य आकस्मिक अवस्थाहरूमा जिल्लाको प्रतिक्रिया क्षमताको मूल्यांकन गर्नु थियो। जिल्ला प्रशासन, पुलिस, फायर एण्ड इमेर्जेन्सी सेवा, एनडीआरएफ, स्वास्थ्य विभाग तथा स्थानीय स्वयंसेवकहरू सहितका विभिन्न प्रतिक्रिया टोलीहरूले संयोजनात्मक अभ्यासमा सक्रिय रूपमा सहभागिता जनाए।
अभ्यास सञ्चार प्रणाली, उद्धार तथा सुरक्षित स्थानतर्फ सार्ने प्रक्रिया, स्थलमै हुने समन्वय तथा आदि परिस्थितिमा स्रोत परिचालनजस्ता पक्षहरूको मूल्यांकनमा केन्द्रित थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल