
हुगली, 17 नोभेम्बर (हि.स.)। हुगली जिल्लाको चाँपदानीमा भाजपा किसान मोर्चा अध्यक्ष सञ्जय चौधरीको पसल र क्लबमा भएको तोड़फोड़को मामिलामा चाँपदानी शहर तृणमूल कंग्रेस युवा मोर्चा अध्यक्ष राहुल कुमार रायले सोमवार कड़ा प्रतिक्रिया व्यक्त गरेका छन्। टीएमसी युवा मोर्चा अध्यक्षले दाबी गरे, स्थानीय स्तरमा मामिलाको जाँच गरेपछि उनीहरूलाई थाहा लाग्यो कि चाँपदानी नगरपालिकाको 22 नम्बर वार्डमा गए आइतवार राती भएको घटना क्लबको आपसी विवादको परिणाम हो। मामिलामा अकारण तृणमूल कंग्रेसलाई मुछिँदैछ। पुलिसले मामिलाको जाँच गरोस्, सबै कुरा छर्लङ्ग हुनेछ।
वास्तवमा स्थानीय एकजना भाजपा नेताले आइतवार अबेर राति सोशल मीडियामा पोस्ट गरी आरोप लगाएको थियो, चाँपदानीको कालु भांगड़ मोड़ नजिक भाजपा किसान मोर्चाका अध्यक्ष सञ्जय चौधुरीको पसल र क्लबमा अबेर राती स्थानीय पार्षद श्रीकान्त मण्डलको इशारामा हमला गरियो। उनले बताए अनुसार राती लगभग साढ़े एघार बजे तृणमूल कंग्रेसका पार्षदश्रीकान्त मण्डलको नेतृत्वमा कथित गुणअडाहरूले सञ्जय चौधुरीको पसलमा व्यापक तोड़फोड़ गरे अनि लुटपाट पनि।
भाजपा नेताले घटनालाई षड़यन्त्र बताउँदै भने, यो हमला राजनीतिक प्रतिशोधको परिणाम हो। उनले पुलिससित दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने माग गरेका छन्। पुलिस पनि मामिलाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा