
नोएडा, 17 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाको थाना नलेज पार्क क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक महिला कलाकारको मृत्यु भएको छ। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
थाना नलेज पार्कका प्रभारी निरीक्षक सर्वेश कुमार सिंहले बताए, अरिदम मुखर्जी पुत्र शुभेन्दु मुखर्जी निवासी सीडीए सेक्टर- 7 थाना मरकट नगर उड़ीसाले आज थानामा रिपोर्ट दर्ता गराएका छन्। उनले पुलिसलाई बताए, उनकी बहिनी अदिति मुखर्जी जो दिल्लीको महिपालपुरमा बस्थिन्, उ 16 नोभेम्बर राति आफ्नो घरबाट एक शो गर्न गौतमबुद्ध यूनिवर्सिटी उबर क्याबमा गइऱहेकी थिई। पीड़ित अनुसार, कुनै अज्ञात वाहन चालकले तीव्र र लापरवाहीले वाहन चलाउँदै सफीपुर गाउँ निकट क्याबलाई ठक्कर दियो। यस घटनामा महिला गम्भीर रूपमा घाइते भइन्। महिलालाई उपचारको निम्ति ग्रेटर नोएडाको शारदा अस्पतालमा भर्ती गराइयो, जहाँ अबेर राति उपचार भइरहेको बेला महिलाको मृत्यु भयो। पीड़ितको शिकायतमा घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
उनले बताए, गौतमबुद्ध विश्वविद्यालयमा आय़ोजित एक कार्यक्रममा महिलाले प्रस्तुति दिन गइऱहेकी थिई। मृतका एक कलाकार थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी