भारतीय सेनाद्वारा वालोङ दिवसको ६३औं समापन समारोहमा शहीदहरूको वीरताप्रति श्रद्धाञ्जली अर्पण
भारतीय सेनाद्वारा वालोङ दिवसको ६३औं समापन समारोहमा शहीदहरूको वीरताप्रति श्रद्धाञ्जली अर्पण


कोलकाता, 17 नोभेम्बर (हि.स.)। वालोङ दिवसको ६३औं समापन समारोह नोभेम्बर १५ र १६ मा वालोङमा आयोजना गरियो। यस अवसरमा १९६२ को युद्धमा वालोङको ऐतिहासिक युद्धमा लडेका भारतीय सैनिकहरूको अदम्य साहस र बलिदानलाई श्रद्धाञ्जली अर्पण गरियो।

समारोहमा पूर्वी सेनाका सेनापति लेफ्टिनेन्ट जनरल आरसी तिवारी, क्वार्टर मास्टर जनरल लेफ्टिनेन्ट जनरल वीएमबी कृष्णन, स्पीयर कोरका जीओसी लेफ्टिनेन्ट जनरल अभिजीत एस पेंढारकर, अरुणाचल प्रदेशका उपमुख्यमंत्री चोना मेन सहित 1962 युद्धका दिग्गजहरू र उनीहरूका परिवारहरू उपस्थित थिए।

नोभेम्बर १५ मा वालोङ दिवसको पूर्वसन्ध्यामा भएको कार्यक्रममा प्रकाश र ध्वनि प्रदर्शनी, ड्रोन प्रदर्शनी, स्यान्ड आर्ट र सांस्कृतिक प्रस्तुतिहरू समावेश थिए, जसले यस क्षेत्रको सांस्कृतिक पहिचान र १९६२ मा अतुलनीय साहस प्रदर्शन गर्ने बहादुर सिपाहीहरूको गाथालाई उजागर गरेको थियो।

दोस्रो दिन वालोङ युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरियो। त्यसपछि वालोङ युद्धका नायकहरूको प्रतिमा अनावरण गरियो। स्थानीय कलाकारहरू र भारतीय सेनाद्वारा सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा परम्परागत भव्यता थपेको थियो। कार्यक्रमको क्रममा युद्धका दिग्गजहरू र विभिन्न गतिविधिहरूमा सहभागीहरूलाई पनि सम्मान गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande