
काठमाडौँ, 18 नोभेम्बर (हि.स.)। नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना लगायतका मागसहित 23 नोभेम्बरदेखि देशव्यापी बन्द र प्रदर्शनको आह्वान गर्ने राजतन्त्र समर्थक दुर्गा प्रसाईलाई पुलिसले पक्राउ गरेको छ। उनलाई सोमबार अबेर राति काठमाडौँ पुलिस टोलीले भक्तपुरस्थित उनको निवासस्थानबाट पक्राउ गरी जिल्ला पुलिस कार्यालय भद्रकाली लिएर गयो।
काठमाडौँ जिल्ला पुलिस प्रमुख रमेश थापाका अनुसार, प्रसाईमाथि सार्वजनिक शान्ति तथा सुरक्षामा अवरोध पुर्याउने प्रयास गरेको आरोप लगाइएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईले पूर्वदेखी पश्चिमसम्म देश ठप्प पार्ने चेताउनी दिएका थिए। अन्तरिम सरकारले प्रसाईको प्रस्तावित आन्दोलनले हिंसा र अस्थिरता फैलिने सम्भावना भएकाले उनलाई पक्राउ गरिएको स्पष्ट पारेको छ। प्रसाई र उनका समर्थकहरूले नोभेम्बर 23 देखि “वृहद् नागरिक मुक्ति आन्दोलन” नामक अभियान शुरुवात गर्ने घोषणा गरेका थिए। प्रसाईले काठमाडौँमा १५ लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी