यस महिनाको अन्तसम्ममा मतदाता सूची संशोधन प्रक्रिया पूर्ण गर्ने लक्ष्य, डिजीटाइज हुनेछ सबै मतदाताहरूको डाटा
यस महिनाको अन्तसम्ममा मतदाता सूची संशोधन प्रक्रिया पूर्ण गर्ने लक्ष्य, डिजीटाइज हुनेछ सबै मतदाताहरूको डाटा


कोलकाता, 18 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहण पुनरीक्षण (एसआईआर)- को प्रक्रिया यसै महिनाको अन्तसम्म पूरा गर्ने लक्ष्य तय गरिएको छ। पश्चिम बंगालका मुख्य चुनाउ अधिकारी मनोज अग्रवालले बताए, विशेष गहन पुनरीक्षण अर्थात एसआईआर अन्तर्गत मतदाता सूची संशोधनको लागि जारी गरिएको प्रपत्र लगभग सबै मतदाताहरूसम्म पुगिसकेको छ। यी प्रपत्रहरूको संग्रह अनि डिजिटाइजेशन गर्ने लक्ष्य यसै महिनाको आगामी 26 तारिकसम्म पूरा गर्ने निर्धारण गरिएको छ। त्यसैले यो प्रक्रिया द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ।

अधिकारीले भने, अहिलेसम्ममा लगभग 80 लाख प्रपत्रलाई सफलतापूर्वक डिजीटल रूपमा परिवर्तित गरिसकिएको छ। बीएलओ अर्थात बूथ स्तर अधिकारीहरूमाथि भार कम गर्न अनि कार्यमा तीव्रता दिनको लागि अन्य विभागहरूबाट अतिरिक्त कर्मचारीहरूलाई खटाउने निर्देश सबै ईआरओलाई दिइएको छ। 12 सयभन्दा अधिक मतदाताहरू भएको क्षेत्रमा अतिरिक्त बीएलओलाई पनि तैनाथ गरिएको छ।

मुख्य चुनाउ अधिकारी अनुसार राज्य सरकार खोलिएको निविदा प्रस्तावको माध्यमबाट 1000 डेटा एन्ट्री अपरेटर नियुक्त गर्ने प्रक्रियालाई स्वीकृति दिने प्रतीक्षामा छ। उनीहरू जोड़िएपछि मतदाता सूची संशोधन कार्य अझ तीव्र हुने आशा छ।

वक्तव्य अनुसार मृत मतदाता, स्थायी रूपमा स्थानान्तरित भइसकेका मानिसहरू वा जसको नाम एकभन्दा अधिक स्थानहरूमा दर्ता छ उनीहरूको सम्बन्धमा सही जानकारी दिनु मतदाता तथा अधिकृत हस्ताक्षरकर्ताहरूको जिम्मेवारी हो। गलत जानकारी दिनु प्रतिनिधित्व अधिनियम 1950- को धारा 31 अन्तर्गत दण्डनीय अपराध हो जसमा एक वर्षसम्मको कारावास, जरीमाना वा दुवै हुनसक्छ। गलत सत्यापन गर्ने बीएलओ विरूद्ध पनि कारबाही सम्भव छ।

28 अक्टोबर, 2025-सम्म सूचीमा नाम भए पनि प्रपत्र नपाएका मतदाताहरूले 1950 वा 03322310850-मा फोन कल गर्न सक्नेछन् भने 9830078250-मा व्हाट्सएप सन्देश पठाउन सक्नेछन् अथवा निर्धारित ई-मेलमा जानकारी उपलब्ध गराउन सक्नेछन्। फरम भर्नमा सहयोगको लागि पनि यी सबै माध्यमहरू उपलब्ध छन्।

मुख्य चुनाउ अधिकारीको कार्यालयले यो पनि स्पष्ट पाऱ्यो, एसआईआर अथवा कुनै पनि मतदाता सूची संशोधन प्रक्रियाको लागि फोनमा ओटीपी ओटीपी कहिल्यै माग्दैन। नागरिकहरूलाई यस्तो धोकाधड़ीपूर्ण प्रयासहरूदेखि होशियार रहने अनि आधिकारिक माध्यमहरूमाथि मात्र भरोसा गर्ने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande