दिल्लीमा कोर्ट र स्कूललाई बमले उड़ाउने धम्की
दिल्लीमा कोर्ट र स्कूललाई बमले उड़ाउने धम्की


नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। दिल्लीमा चार जिल्ला अदालतहरू र केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) का दुई स्कूललाई बमले उड़ाउने धम्की पाइएपछि सावधानी अन्तर्गत सम्बन्धित स्कूलहरू र अदालत परिसरहरूलाई खाली गराइएको छ।

पुलिसका एक वरिष्ठ अधिकारीले बताए, एक अज्ञात व्यक्तिले पुलिस कन्ट्रोल रूमलाई मंगलवार बिहान फोन गरी दाबी गऱ्यो कि प्रशान्त विहार र द्वारका स्थित सीआरपीएफको स्कूलहरूमा बम लगाइएको छ। यसपछि दुवै परिसरहरूलाई खाली गराइयो। पटियाला हाउस कोर्ट, साकेत कोर्ट, रोहिणी कोर्ट र द्वारका कोर्टलाई पनि बमले उड़ाउने धम्की पाएपछि अदालतहरूमा कामकाज अस्थायी रूपमा निलम्बित गरिएको छ। बमको धम्की ई-मेलको माध्यमले पाइएको थियो। सीआरपीएफ र बम निरोधक दस्ता मामिलाको जाँचमा जुटेको छ। यद्यपि, जाँचमा अहिलेसम्म कुनैपनि अदालतमा बम भेटिएको खबर छैन।

अग्निशमन विभाग अनुसार, आज बिहान लगभग 9 बजी आएको यस कलपछि स्थानीय पुलिस, बम स्क्वाड, डग स्क्वाड, आपदा प्रबन्धन, अग्निशमन विभाग सहित अन्य सम्बन्धित एजेन्सीहरूको साथ मिलेर घण्टौं जाँच गरियो तर केहीपनि संदिग्ध वस्तु फेला परेन। पुलिसले सावधानी अन्तर्गत दुवै स्कूललाई खाली गरायो। पुलिस अधिकारीले बताए, धम्की दिएपछि तुरन्तै कलरको फोन बन्द भयो र उसलाई खोज्न तकनीकी निगरानी शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande