मतदाता सूचीको पवित्रताको रक्षाको निम्ति कांग्रेस पूर्णतः प्रतिबद्ध- खरगे
खरगे


नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे र लोकसभामा विपक्षका नेता राहुल गान्धीले मंगलवार यहाँ पार्टी मुख्यालयमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियादेखि गुज्रिरहेका 12 राज्यका पार्टी पदाधिकारीहरूको साथ बैठक गरे। बैठकमा कांग्रेसका महासचिव, सम्बन्धित राज्यहरूका प्रभारी, प्रदेश अध्यक्ष, विधानमण्डल दलका नेता र राष्ट्रिय सचिव सामेल भए।

बैठकपछि खरगेले एक्स पोस्टमा भनेका छन्, कांग्रेस मतदाता सूचीको पवित्रताको रक्षाको निम्ति पूर्णतः प्रतिबद्ध छ। जब लोकतान्त्रिक संस्थाहरू जनताको विश्वास कमजोर भइरहेको छ, यस्तो समयमा एसआईआर प्रक्रियामा चुनाउ आयोगको रबैया अत्यन्त निराशाजनक रहेको छ। चुनाउ आयोगले यो स्पष्ट गर्नुपर्छ कि आयोगले कुनै राजनीतिक दबाउमा त काम गरिरहेको छैन।

उनले भारतीय जनता पार्टीमाथि आरोप लगाए कि बीजेपीले एसआईआर प्रक्रियालाई भोट चोरीको साधनको रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको छ। यसमा चुनाउ आय़ोगले आँखा चिम्लिनु हुँदैन।

उनले भने, पार्टीका कार्यकर्ता, बूथ स्तर अधिकारी तथा जिल्ला, शहर एवं ब्लक अध्यक्ष पूर्ण सतर्कताको साथ हरेक गतिविधिमाथि नजर राख्नेछन्। वास्तविक मतदाताहरूको नाम हटाउने वा फर्जी नाम जोड्ने कुनैपनि प्रयासलाई उजागर गरिनेछ। खरगेले दोहोऱ्याए, कांग्रेसले कुनैपनि संस्थाको दुरूपयोग गरी लोकतान्त्रिक ढांचालाई दुर्बल हुन दिनेछैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande