
नयाँ दिल्ली, २० नोभेम्बर (हि.स.)। बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (राजग) को जितपछि नितीश कुमारले दशौँ पटक मुख्यमन्त्रीको रुपमा शपथ लिएपछि केन्द्रिय सडक तथा राजमार्ग मन्त्री नितिन गडकरीले बधाई दिएका छन्।
गडकरीले आफ्नो एक्स पोस्टमार्फत मुख्यमन्त्री नितीश कुमार, उपमुख्यमन्त्री सम्राट चौधरी, विजय कुमार सिन्हा र नयाँ मन्त्रिपरिषदका सबै सदस्यहरूलाई बधाई दिँदै भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राजगको ‘डबल इन्जिन सरकार’ ले बिहारको विकासमा नयाँ गति ल्याउनेछ।
उनले भने, गठबन्धन सरकारको कार्यकालमा बिहारमा तीव्र आर्थिक विकास, आधुनिक पूर्वाधारको विस्तार, सुशासनको सबलीकरण र ‘विकसित भारत २०४७’ को लक्ष्यप्रतिको योगदान अझ दृढ हुने अपेक्षा छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी