
चण्डीगढ़, २० नोभेम्बर (हि.स.)। युट्युबका नियमहरूको उल्लङ्घन भएको भन्दै शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटी (एसजीपीसी) को आधिकारिक युट्युब च्यानल ‘एसजीपीसी, श्री अमृतसर’ लाई एक साताका लागि निलम्बन गरिएको छ। यो कारबाही १९ नोभेम्बरको साँझ श्री हरमन्दिर साहिबबाट दैनिक रूपमा भइरहेका गुरबाणीको प्रत्यक्ष प्रसारणका क्रममा लागू गरिएको हो।
युट्युबका अनुसार, ३१ अक्टोबरमा अपलोड गरिएको एक भिडियोमा उनीहरूको नीति उल्लङ्घन भएको भन्दै आपत्ति जनाइएको थियो। उक्त भिडियोमा एक सिख प्रचारकले सिख इतिहाससँग सम्बन्धित तथ्य र सन् १९८४ का घटनाबारे सन्दर्भ प्रस्तुत गरेका थिए। भिडियोमा सिख योद्धाहरूका ऐतिहासिक विचारहरू साझा गरिएको थियो, जसलाई युट्युबले आफ्नो सामग्री नीति विपरीत ठहर गरेको हो।
यस कारण एसजीपीसीको च्यानलका गतिविधिहरू अस्थायी रूपमा स्थगित गरिएको छ। एसजीपीसीले युट्युबलाई आफ्नो सिख दृष्टिकोण र भिडियोको ऐतिहासिक सन्दर्भको विस्तृत विवरण पठाएको छ। साथै, एसजीपीसीले जानकारी दिएको छ कि मुख्य च्यानल पुनः सञ्चालन नहुँदासम्म पनि गुरबाणीको नियमित प्रसारण बिना अवरोध जारी रहनेछ, ताकि श्रद्धालुहरू पहिलेझैं आध्यात्मिक रूपमा जोडिन सकून्।
हिन्दुस्थान समाचार / भवानी थामी