महाराष्ट्रको रायगढ़मा ताम्हिनी घाटमा जीप भीरबाट 500 फीट तल झऱ्यो, चारको मृत्यु, दुई बेपत्ता
दुर्घटना


मुम्बई, 20 नोभेम्बर (हि.स.)। महाराष्ट्रको रायगढ़ जिल्लामा पुणे मानगाउँ हाइवेमा ताम्हिनी घाटमा एक जीप अनियन्त्रित भएर भीरबाट 500 फीट तल झऱ्यो। यस घटनामा चार जनाको मृत्यु भएको छ भने अहिलेपनि दुई जना बेपत्ता छन्। मानगाउँ पुलिस स्टेशनको टीमले स्थानीय मानिसहरूको मद्दतले राहत र बचाउ कार्य गरिरहेको छ।

मानगाउँ पुलिस स्टेशनका पुलिस इन्स्पेक्टर निवृत्ति बोराडेले बिहिवार बताए, दुर्घटनाको सही कारण अहिले स्पष्ट छैन। यद्यपि, प्रथम दृष्टया गाड़ीको सन्तुलन बिग्रिएपछि गाड़ी भीरबाट तल झऱेको हुनसक्छ। ड्रोनको मद्दतले क्षेत्रको जाँच गरिँदैछ र चार जनाको शव भेटिएको छ। शवलाई माथि ल्याउने काम भइरहेको छ। रेस्क्यू टीमले डोरी, क्रेन र अन्य उपकरणहरूको मद्दतले रेस्क्यू अपरेशन चलाइरहेको छ साथै गाड़ीमा अरू व्यक्तिहरू थिए कि थिएनन् यसको पनि पत्तो लगाइँदैछ।

स्थानीय सूत्रहरू अनुसार, मंगलवार कोंकण घुम्न गएका केही पर्य़टकहरूसित बुधवारसम्म कुनै सम्पर्क भइरहेको थिएन। यसैले यिनीहरूले बुधवार मानगाउँ पुलिस स्टेशन पुगेर यसको जानकारी दिए। यसपछि पुलिसले बुधवार नै ताम्हिनी घाटमा छानबीन शरू गरेको थियो तर रात परेपछि छानबीन रोकिएको थियो। बिहिवार बिहानदेखि जारी छानबीनमा पुलिस टीमले कुच्चिएको जीप र चार जनाको शव भेटायो। यी चारैको शव र भत्केको गाड़ीको बाकी हिस्सालाई भीरमुनिबाट निकाल्ने प्रयास जारी छ। साथै ड्रोनको मद्दतले बेपत्ता मानिसहरूको खोज जारी छ। अहिलेसम्म यस घटनामा मृतकहरूको पहिचान हुनसकेको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande