बेलेममा जलवायु सम्मेलन स्थलमा आगलागी: हजारौं प्रतिनिधीहरूकी निकासी, 21 जना घाइते
Fire


बेलेम (ब्राजिल), 21 नोभेम्बर (हि.स.)। ब्राजिलको अमेजन क्षेत्रमा पर्ने बेलेम शहरमा संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (सीओपी३०) हुने मुख्य स्थलमा बिहिबार आगलागी हुँदा कम्तीमा २१ जना घाइते भएका छन्। ठूलो दुर्घटना घटना हुनुअघि नै आगो नियन्त्रणमा लिइयो।

सञ्चार माध्यमका खबरअनुसार, आगलागीमा परेर घाइते भएका अधिकांश व्यक्तिहरूले धुवाँका कारण सास फेर्न गाह्रो भएको अनुभव गरे। अधिकारीहरूका अनुसार, आगलागी तुरुन्तै नियन्त्रणमा लिइयो र सम्मेलन कुनै अवरोधबिना जारी रहनेछ।

स्थानीय रिपोर्टका अनुसार, घटना स्थानीय समयानुसार दिउँसो लगभग 3 बजेतिर भयो, जब सम्मेलनको ब्लु जोन क्षेत्रमा रहेको एउटा पवेलियनबाट धुवाँ उठ्न थालेको देखियो। सो क्षेत्रबाट प्रतिनिधिहरूलाई तुरुन्तै बाहिर निकाल्ने आदेश दिइयो, जसपछि १९० भन्दा बढी देशका राजनयिक, वैज्ञानिक र वातावरणविद् सडकमा निस्किएका थिए।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार, घाइतेमध्ये १९ जनालाई सास फेर्न समस्या भएको थियो भने दुई जना आकस्मिक घटनाका कारण मानसिक रूपमा प्रभावित भएका छन्। कसैलाई चोट लागेको खबर छैन। १२ जनालाई अस्पतालबाट डिस्चार्ज दिइएको छ भने बाँकीको उपचार जारी छ।

स्थानीय अग्निशमन विभागले आगलागी विद्युत सर्ट सर्किट वा जेनरेटरको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ, जुन “माइक्रोवेभ उपकरण” सँग जोडिएको हुनसक्छ। विभागका अनुसार, आगलागी शुरु भएको ६ देखि ३० मिनेटभित्र नियन्त्रणमा लिइएको थियो।

ब्राजिलका पर्यटन मन्त्री सेल्सो साबिनोले भने, “दमकलकर्मी र अन्य सुरक्षा टोलीले शीघ्र प्रतिक्रिया जनाए, यद्यपि अहिले पनि घटना स्थलमा निगरानी जारी छ।”

यो घटना त्यतिबेला घट्यो जब विभिन्न देशहरू हरितगृह ग्यास उत्सर्जन घटाउने, जलवायु वित्तीय सहयोग र जीवाश्म इन्धनबाट टाड़ा जाने विषयमा छलफल गर्दै थिए। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहानै प्रतिनिधिहरूलाई “इमानदार सम्झौता” मा पुग्ने अपील गरेका थिए। सीओपी ३० सम्मेलन १० नोभेम्बरदेखि शुरु भएको थियो र आज यसको अन्तिम दिन हो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande