
नयाँ दिल्ली, २३ नोभेम्बर (हि.स.)। भारतीय मजदूर संघका वरिष्ठ कार्यकर्ता यशवन्त सिंह चौहानको निधन भएको छ। उनको गए राति मृत्यु भएको छ। चौहानको अन्त्येष्टि आज दिउँसो १२ बजे दिल्लीको निगम बोध घाटमा गरिनेछ। भारतीय मजदूर संघका क्षेत्रीय संगठन मन्त्री अनुपमले एक विज्ञप्ति जारी गर्दै यो दुःखद जानकारी साझा गरेका हुन्।
उनका अनुसार, पार्थिव शरीरलाई राजघाट लैजानुअघि बिहान ११ बजे भारतीय मजदूर संघको कार्यालय (२४२६ तिलक गल्ली, चूना मण्डी, पहाडगञ्ज) मा दिवंगत नेता चौहानको अन्तिम दर्शन गराइएको थियो। त्यसपछि अन्तिम यात्रा प्रारम्भ गरियो।
क्षेत्रीय संगठन मन्त्री अनुपमले शोक सन्देशमा भने, “चौहानजीले आफ्नो सम्पूर्ण जीवन संगठन, समाज र मजदूर हितको सेवामा समर्पित गर्नुभयो। उनकाे त्याग, निष्ठा र कर्मठता सधैं स्मरणीय रहिरहनेछ र हामी सबैलाई प्रेरणा दिनेछ।”
अनुपमले थपे, “हामी दिवंगत आत्माको चिरशान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दछौं र शोकाकुल परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दछौं। भगवान्ले यस कठिन समयमा परिवारलाई धैर्य र शक्ति प्रदान गरून। ॐ शान्ति।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी