
नयाँ दिल्ली, २३ नोभेम्बर (हि.स.)। दिल्ली पुलिसले अनलाइन लगानीको नाममा भएको ५.९२ करोड़ रूपियाँको ठूलाे ठगी प्रकरणको पर्दाफास गर्दै चार मुख्य आरोपीलाई पक्राउ गरेको छ। यो गिरोह देशभरि दर्ता भएका धेरै साइबर ठगीका घटनासँग जोडिएको पाइएको छ। पुलिसले उनीहरूले प्रयोग गरेका विभिन्न ब्याङ्क खाताबाट १.१ करोड़ रूपियाँभन्दा बढी ठगी रकमको सुराग पनि फेला पारेको छ।
क्राइम ब्रान्चका डीसीपी आदित्य गौतमका अनुसार, पीडितसँग फेसबुकमार्फत एक महिलाले सम्पर्क गरेकी थिइन्। उनले आफूलाई मुम्बईको ‘ग्लोबल ट्रेडर्स’ नामक कम्पनीकी अफिसर बताउँथिन्। दुई महिनाको अवधिमा उनले पीडितलाई “हाइ-रिटर्न ट्रेडिङ अकाउन्ट” मा लगानी गर्न प्रलोभन देखाइ ५,९२,४४,४८० रूपियाँ ठगिन्। ठगी भएको थाहा पाएपछि पीडितले पुलिसमा उजुरी दिए, जसको आधारमा मुद्दा दर्ता गरियो।
जाँचमा पुलिसले पत्ता लगायो, ठगीको रकमलाई ३३ फरक ब्याङ्क खातामा विभाजन गरिएको थियो। त्यसपछि रकमलाई धेरै तहमा ट्रान्सफर गर्दै मनी-लन्ड्रिङ मार्फत स्रोत लुकाउने प्रयास भएको थियो।
गुप्त सूचनाका आधारमा पुलिसले अनस अंसारी (२२), मोहम्मद कैफ (२२), अकिब (४०) र मोहम्मद दानिश (२२) लाई पक्राउ गर्याे। सबै आरोपी उत्तराखण्डको हल्द्वानीका बासिन्दा हुन्। उनीहरूको काम ठगी रकमलाई विभिन्न खातामा घुमाउने र अन्ततः नगदमा बदल्ने थियो।
डीसीपीका अनुसार, अनस अंसारीले आफ्नै ब्याङ्क खातामार्फत कारोबार हुन दिँदै एटीएमबाट पैसा निकाल्थ्यो र कमिशन लिएर क्यास बुझाइदिन्थ्यो। मोहम्मद कैफले धेरै ब्याङ्क खाता उपलब्ध गराएको थियो र निकालिएको रकम ‘ह्यान्डलर’ हरूसम्म पुर्याउँथ्यो। अकिबले आफ्नो ‘बन्धन ब्याङ्ख’ खाता गिरोहलाई उपलब्ध गराएको थियो र ओटीपी तथा खाता एक्सेस पनि साझा गर्थ्यो।
मोहम्मद दानिश दुबईस्थित ह्यान्डलरसँग जोडिएको मुख्य सदस्य थियो। ऊ खाताहरू उपलब्ध गराउने र मनी-लन्ड्रिङ नेटवर्कमा क्यास वितरण तथा निकासीको जिम्मेवारी सम्हाल्थ्यो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी