पीयूष गोयलको अध्यक्षतामा मङ्गलबार व्यापार बोर्डले निर्यात बढाउने उपायहरूमा छलफल गर्ने
Union Commerce and Industry Minister Piyush Goyal


नयाँ दिल्ली, २३ नोभेम्बर (हि.स.)। केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलको अध्यक्षतामा मङ्गलबार व्यापार बोर्ड (बीओटी) को बैठक हुने भएको छ। यस बैठकमा अमेरिकाले लगाएका भारी-भरकम ट्यारिफका बीच भारतको निर्यात कसरी बढाउने भन्ने विषयमा छलफल हुनेछ।

प्राप्त जानकारीअनुसार, केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलको अध्यक्षतामा हुने यस बैठकमा निर्यात प्रवर्द्धन परिषद्का प्रतिनिधिहरू तथा अन्य सहभागीहरूले निर्यात क्षेत्रका बारेमा आफ्ना विचार प्रस्तुत गर्नेछन्।

व्यापार बोर्डको यो बैठक २५ नोभेम्बरमा हुँदैछ, जुन विशेषगरी आवश्यक मानिएको छ किनकि अक्टोबरमा देशको निर्यात अमेरिकाको उच्च ट्यारिफको प्रभावका कारण ११.८ प्रतिशत घटेर ३४.३८ अर्ब डलरमा झरेको छ। त्यस्तै व्यापार घाटा बढेर ४१.६८ अर्ब डलरको कीर्तिमानी स्तरमा पुगेको छ, जसको मुख्य कारण सुनको आयातमा आएको वृद्धि हो।

उल्लेखनीय छ, केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्रीको अध्यक्षतामा रहने यस बोर्डमा विभिन्न राज्य तथा संघशासित प्रदेशका प्रतिनिधिहरू, साथै सार्वजनिक र निजी क्षेत्रका वरिष्ठ अधिकारीहरू सदस्य

रहन्छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande