
कोलकाता, २४ नोभेम्बर (हि.स.)। भाजपा नेता तथा आईटी सेल प्रमुख अमित मालवीयले ‘एक्स’ मा एक गम्भीर दाबी गरेका छन्। उनका अनुसार, भारतको सामाजिक विमर्शलाई प्रभावित गर्न विश्वव्यापी रुपमा संगठित सड़यन्त्र रचिॅंदैछ। एक्समा लोकेशन विवरण देखाइने नयाँ व्यवस्थापछिकाे तथ्यहरूले यसलाई झनै स्पष्ट बनाएको उनको भनाइ छ।
मालवीयले लेखे अनुसार, ठूलो संख्यामा यस्ता ह्यान्डलहरू छन् जसले आफूलाई कांग्रेस समर्थक बताउँछन्, हिन्दूविरोधी अभिव्यक्ति प्रवाह गर्छन् वा जातिगत विभाजन फैलाउने प्रयास गर्छन्, तर ती भारतबाट सञ्चालन नै हुँदैनन्। उनका अनुसार, यस्ता धेरै अकाउन्ट पाकिस्तान, बंगलादेश, एसियाका अन्य देशहरू तथा विश्वका विभिन्न स्थानबाट चलाइएका छन्।
उनले उल्लेख गरेका छन्, कि यी ह्यान्डलहरूले आफ्नो पहिचान लुकाउन पटक–पटक प्रयोगकर्ता नाम (यूजरनेम) परिवर्तन गरेका छन्, जसले आफैँमा शंका उत्पन्न गर्छ।
मालवीयले प्रश्न उठाउँदै भने, यी सबै कुराले संकेत गर्छ कि देशमा फेक न्युज फैलाउने, सामाजिक सद्भाव बिगार्ने, जातिगत तथा वैचारिक विभाजन बढाउने र भारतको आन्तरिक विमर्शलाई प्रभावित गर्ने उद्देश्यले एक संयोजित वैश्विक अपरेशन चलाइएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी