
नयाँ दिल्ली, २४ नोभेम्बर (हि.स.)। न्यायमूर्ति सूर्यकान्तले सोमबार राष्ट्रपति भवनको गणतन्त्र मण्डपमा देशका ५३औँ मुख्य न्यायाधीशका रूपमा शपथ लिए। राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई पद तथा गोपनीयताको शपथ गराइन्।
न्यायमूर्ति सूर्यकान्तले न्यायमूर्ति बी.आर. गवईको स्थान लिएका छन्, जिनको कार्यकाल नोभेम्बर २३ मा समाप्त भएको थियो। न्यायमूर्ति सूर्यकान्त आगामी ९ फरवरी, २०२७ सम्म, लगभग ४ महिनाभन्दा बढी समयका लागि मुख्य न्यायाधीश रहनेछन्।
यस अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवाल लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेख्दै भने, “न्यायमूर्ति सूर्यकान्तकाे भारतका मुख्य न्यायाधीशका रूपमा शपथ ग्रहण समारोहमा सहभागी भएँ। उहाँको सफल कार्यकालका लागि मेरो शुभकामना।”
---------------
हिन्दुस्थान समाचार / भवानी थामी