
नयाँ दिल्ली, २४ नोभेम्बर (हि.स.)। भारतीय कांग्रेसका महासचिव जयाराम रमेशले अमेरिकी डलरको तुलनामा भारतीय रुपयाँ लगातार कमजोर हुँदै गएको विषयलाई लिएर केन्द्र सरकारमाथि प्रहार गरेका छन्। उनले एक्समा पोस्ट गर्दै भने, भारतीय रुपियाँ “फ्री फोल” मा छ र ९० रुपियाँप्रति डलरको स्तर नजिक पुगेको छ।रमेशले लेखे अनुसार, रुपियाँको यस अवस्थाले गम्भीर चिन्ता सिर्जना गरेको छ र आर्थिक व्यवस्थापनमाथि ठूला प्रश्न उठाएको छ। प्रधानमन्त्री मोदीले यसप्रति तत्काल ध्यान दिनुपर्ने उनले माग गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी