पंकजा मुंडेका पीए अनन्त गर्जे पत्नीको आत्महत्या प्रकरणमा पक्राउ
पंकजा मुंडेका पीए अनन्त गर्जे पत्नीको आत्महत्या प्रकरणमा पक्राउ


मुम्बई, २३ नोभेम्बर (हि.स.)। महाराष्ट्रकी मन्त्री पंकजा मुंडेका निजी सहायक (पीए) अनन्त गर्जेलाई उनकी पत्नी गौरी पलावे गर्जेकी आत्महत्या प्रकरणमा आइतबार राति पुलिसले पक्राउ गरेको छ। घटनाको जाॅंच वर्ली पुलिस चौकीको टोलीले गरिरहेको छ।

शनिबार गौरीले आफ्नै घरमा पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यसपछि गौरीका माइती पक्षले अनन्त गर्जे, उनकी बहिनी तथा आमालाई मानसिक यातना दिएको र आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए।

मन्त्री पंकजा मुंडेले पनि आइतबार पुलिसलाई फोन गरी घटनाको निष्पक्ष अनुसन्धान गर्न अनुरोध गरेकी थिइन्। त्यसपछि वर्ली पुलिसले अनन्त गर्जे, उनकी बहिनी र आमाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

पुलिसले अनन्त गर्जेलाई आइतबार राति करिब १ बजे पक्राउ गरेको र उनीसँग सोधपुछ भइरहेको जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande