कर्नाटकको कोलारमा भएको भीषण सड़क दुर्घटनामा चार जनाको मृत्यु
कार


कोलार, 24 नोभेम्बर (हि.स.)। कर्नाटकको कोलार जिल्लाको मालुर तालुकमा अब्बेनहल्ली निकट आइतवार अबेर राति भएको एक भीषण स़ड़क दुर्घटनामा कार सवार चार जनाको मृत्यु भयो।

पुलिस अनुसार, दुर्घटना बेङ्गलुरू-चेन्नई एक्सप्रेसवेमा त्यस समय भयो जब तीव्र रफ्तार कारको सन्तुलन बिग्रियो। त्यसपछि कार पहिले डिवाइडरसित ठोकियो र फेरि पुलबाट तल झऱ्यो।

मृतकहरूको पहिचान गोपी (38), गौतम रमेश (28), हरिहरन (27) र जयंकर (30) को रूपमा गरिएको छ। चारै चेन्नईको निवासी बताइएका छन्। पुलिसको भऩाई छ, प्रारम्भिक जाँचमा दुर्घटनाको कारण तीव्र रफ्तार बताइँदैछ। मलूर पुलिस स्टेशनमा मामिला दर्ता गरिएको छ र अग्रिम कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande