
चिक्काबल्लापुर, 24 नोभेम्बर (हि.स.)। कर्नाटकमा नेतृत्व परिवर्तनको चर्चाहरूबीच मुख्यमन्त्री सिद्धारमैयाले यस मामिलामा पार्टी हाईकमानको फसेला अन्तिम हुने बताएका छन्।
चिक्काबल्लापुरको शिदलाघट्टामा मीडियासित कुराकानीमा उनले भने, उनी र उपमुख्यमन्त्री डीके शिवकुमार पार्टी हाईकमानको फसेला अनुसार नै काम गर्नेछन्। नेतृत्व परिवर्तन र क्याबिनेट विस्तार जस्ता मुद्दाहरूमा अन्तिम निर्णय हाईकमानको हुनेछ र दुवैले त्यसैको पालना गर्नेछन।
सिद्धारमैयाले यो पनि बताए, लगभग पाँच महिना अगाड़ी हाईकमानको साथ भएको बैठकमा क्याबिनेट फेरबदललाई लिएर दिशा-निर्देश दिइएको थियो। त्यस समय उनले हाईकमानलाई सुझाउ दिएका थिए कि यो प्रक्रिया ढाई सालपछि गर्नु राम्रो हुनेछ तर यदि अब हाईकमानले कुनै नयाँ निर्देश दिए त्यही अनुसार कदम उठाइनेछ।
यसबीच उपमुख्यमन्त्री डीके शिवकुमारको समर्थक धेरै विधायकहरू दिल्लीमा छन् र सूत्रहरू अऩुसार, नेतृत्व परिवर्तनलाई लिएर हाईकमानसित भेट गर्ने प्रय़ास गरिरहेका छन्। बताइँदैछ, राहुल गान्धी विदेशबाट फर्केपछि स्थिति अझ् स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी