उपराष्ट्रपति र दिल्लीकी मुख्यमन्त्रीले गुरूद्वारा रकाबगंज साहिबमा गरे दर्शन
दिल्ली


नयाँ दिल्ली, 24 नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज यहाँको गुरूद्वारा रकाबगंज साहिबमा दर्शन गरे। उनको साथ दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता पनि उपस्थित रहिन्। मुख्यमन्त्रीले एक्स पोस्टमा यो जानकारी साझा गरिन्।

मुख्यमन्त्रीले भनिन्, यो त्यही पावन स्थल हो, जहाँ धर्म, मानवता र आस्थाको रक्षाको निम्ति परम त्याग गर्ने श्री गुरू तेग बहादुर साहिबको पार्थिव शरीरको अन्तिम संस्कार गरिएको थियो। गुरू साहिबको अद्वितीय सन्देशले हामीलाई निरन्तर प्रेरित गर्दछ कि हामी सत्यको निम्ति अडिग रहौं, अत्याचार विरूद्ध निर्भीक भएर खड़ा हौं र प्रत्येक मानवको अधिकारहरूको रक्षाको निम्ति सदैव तत्पर रहौं।

मुख्यमन्त्रीले भनिन्, दिल्लीको यो भूमि सेवा, बलिदान र सांस्कृतिक विरासतको जीवन्त साक्षी हो। यस अवसरमा दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा समेत सिख समुदायका धेरै गणमान्य उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande