
कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईार) प्रक्रिया शुरू हुनसाथै बूथ स्तरीय एजेन्ट (बीएलए)-हरूको नियुक्तिमा विपक्षी दल भाजपा र माकपा सत्तारूढ़ दल तृणमूल कंग्रेसभन्दा धेरै अगाड़ी बढ़िसकेका छन्।
मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयबाट प्राप्त आँकड़ा अनुसार गए मंगलवार साँझ 5 बजीसम्ममा भाजपाद्वारा नियुक्त बीएलएहरूको संख्या 24 हजार 8 सय 58 अनि माकपाको 18 हजार 7 सय 06 दर्ता गरिएको थियो। यसको विपरीत तृणमूल कंग्रेसको सोही अवधिसम्ममा मात्र 13 हजार 5 सय 26 बीएलए नियुक्त भएको थियो। यसरी नै कंग्रेस पनि 5 हजार 7 सय 97 बीएलए नियुक्त गरेर चौथो स्थानमा छ।
निर्वाचन आयोगको आँकड़ा मुताविक मान्यता प्राप्त राष्ट्रिय औ राज्य स्तरीय दलहरूद्वारा अहिलेसम्ममा 63 हजार 940-भन्दा अधिक बीएलए नियुक्त गरिसकिएको छ जसमा बीएलए–एक र बीएलए–दुई दुवै सामेल छन्। बीएलए-एक विधानसभा क्षेत्रमा पार्टीको प्रतिनिधि हुन्छ भने बीएलए-दुईलाई बूथ स्तरमा नियुक्त गरिन्छ।
सीईओ कार्यालयको सूत्रले बतायो, अहिलेसम्ममा राजनीतिक दलहरूद्वारा बीएलएको नियुक्ति अपेक्षाकृत कम छ। त्यसैले जिल्ला चुनाउ अधिकारीले सबै दलहरूसित प्रत्येक बूथमा एकजना एजेन्ट नियुक्त गर्ने आग्रह गरेका छन्। आयोगले पहिलाबाटै बीएलओ र बीएलएको संख्याबीच कायम असन्तुलनप्रति आश्चर्य व्यक्त गरिसकेको छ।
चुनाउ आयोगका एक जना अधिकारीले बुधवार बिहान बताए, बीएलओ र बीएलएको अनुपात अत्यधिक कम हुनाले नियमित सम्वाद र प्रक्रियाको पारदर्शिता प्रभावित हुनसक्छ। त्यसै कारणले आयोगले दलहरूलाई सक्रिय भूमिका निर्वाह गर्नेमाथि बल दिएको छ।
उल्लेखनीय छ, एसआईआर अभियान मार्च, 2026-सम्ममा पूरा गरिने सम्भावना छ। राज्यमा यसप्रकारको विशेष पुनरीक्षण पछिल्लो वर्ष 2002-मा भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा